काठमाडौं । बडादशैंअन्तर्गत नवरात्रको चौथो दिन आज देशभर कुष्माण्डा देवीको पूजा आराधना गरिँदै छ। धार्मिक मान्यताअनुसार माता कुष्माण्डाको पूजा गर्नाले शक्ति, ऐश्वर्य, विद्या तथा सुखसमृद्धि प्राप्त हुने विश्वास रहिआएको छ। नवरात्रका अवसरमा भक्तजनले घरघरमा घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती तथा देवी स्तोत्र पाठ गर्दै माता दुर्गाको आराधना गरिरहेका छन्। नौ दिनसम्म मनाइने नवरात्रको पहिलो दिन…