Logo ६ कार्तिक २०८२, बिहिबार | Thu Oct 23 2025


पोखरीमा डुबेर ज्यान गएकाको परिवारलाई प्रदेश सरकारले एक लाख राहत दिने

धनुषा । धनुषामा पोखरीमा डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई प्रदेश २ सरकारले राहत दिने भएको छ । प्रदेश सरकारले प्रति परिवार एक लाख राहत दिने घोषणा गरेको नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री रामसरोज यादवले जानकारी दिनुभयो । धनुषाको दक्षिणी सीमावर्ती मुखियापट्टि मुसहरनिया गाउँपालिका–६ स्थित पोखरीमा डुबेर स्थानीय ५ बालिकाको अस्ति शुक्रवार मृत्यु भएको थियो…