बैतडी । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा अवरुद्ध भएको विद्युतीय राहदानी सेवा सुचारू भएको छ । विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण गत असार १७ गतेदेखि बैतडीसहित बझाङ र दार्चुलामा विद्युतीय राहदानी सेवा बन्द भएको थियो । विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्न विद्युतीय राहदानी सर्भर कनेक्सनमा समस्या आएको र राहदानी विभागबाट मर्मत गरेपछि…