काठमाडौं । बाजुरामा यो वर्षको धान रोपाइँ सकिएको छ । जिल्लाका ९ वटै स्थानीय तहमा जेठको पहिलो सातादेखि शुरु भएको धान रोपाइँ श्रावणको दोस्रो सातासम्म सकिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । बाजुराको धेरैजसो स्थानमा सिँचाइको सुविधा नभएका कारण आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ । जिल्लाका बडिमालिका,बूढीनन्दा,त्रिवेणी,खप्तड छेडेदह, बूढीगङ्गा, गौमुल, स्वामिकार्तिक, जगन्नाथ,…