धनगढी । मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको घरमा कालो व्यानर टाँगेको छ । उपमहानगरपालिकाभित्र जनजीविका, जनतन्त्र र जनअधिकारका बिषयमा गत पुस २१ गते हुलाक मार्फत पठाइएको ४८ बुँदे मागको सुनुवाई नभएको भन्दै सो पार्टीले कालो ब्यानर टाँगेको हो । तर, नगर प्रहरीले कालो व्यानर लगाउने वित्तिकै च्यातिदिएको थियो ।…