काठमाडौं, माघ २५ । प्रदेश १ को बैठक सत्ताधारी सांसदकै कारण स्थगित भएको छ । आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक ४ बजेतिर सुरु भए पनि सत्ताधारी सांसदहरुले अवरोध गरेपछि स्थगित भएको हो । सभामुख प्रदीप भण्डारीले बैठक सुरू गरे लगत्तै सत्ताधारी दल नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले उठेर मुख्यमन्त्रीले कारबाही गरेका १६ जना…