काठमाडौं, साउन १८ । मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाएको भन्दै लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले बहुमतिय सरकार गठनको आह्वान गर्न प्रदेश प्रमुख अमिक शेरचनसँग माग गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संसदीय दलका नेताले संयुक्तरुपमा संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनका लागि निवेदन बुझाएका हुन् । संविधानको…