काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । मुख्यमन्त्री नियुक्त भएको तीन महिनापछि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो । सोमबार नेकपा एमालेबाट चार मन्त्री थपिएपछि नौ सदस्यीय मन्त्रिमण्डलले पूर्णता पाएको हो । नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहनुभएका पाण्डे गएको जेठ १६ गते सर्वोच्च अदालतको परमादेश बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएको…