चितवन । ट्रकले ठक्करबाट हरिणको मृत्यु भएपछि चितवन प्रहरीले चालकलाई पक्राउ गरेको छ । पूर्व–पश्चिम लोकमार्ग सडकको रत्ननगर नगरपालिका–९ सिचाईंगेट अगाडी ट्रकले हरिणलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिनुभयो । रौतहटबाट नुवाकोट तर्फ जाँदै गरेको ना ६ ख १४६० नम्बरको ट्रकले हरिणलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो ।…