हेटौंडा । बागमती प्रदेश सरकारले स्नातक उत्तीर्ण इन्जिनियरहरूलाई निजामति सेवा प्रवेश दिँदा सातौं तह कायम हुने व्यवस्था गरेको छ । यसअघि इन्जिनियरहरूले प्रदेश लोकसेवाबाट जारी विज्ञापनमा छैठौं तहमा आह्वान भएको भन्दै मुख्यमन्त्री राजेन्दप्रसाद पाण्डेको ध्यानाकर्षण गराएका थिए । नेपाल इन्जिनियर्स एसोसिएसन बागमती प्रदेश समितिले मुख्यमन्त्रीलाई १० माघमा इन्जिनियरिङ विषयमा उत्तीर्ण इन्जिनियरलाई कम्तिमा सातौं तहका लागि…