पोखरा । पोखरा महानगरपालिकाले पर्यटनलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार मेयर धनराज आचार्यले पोखरा सभागृहमा सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रममा पर्यटनलाई केन्द्रमा राखी समस्याको सम्बोधन र समाधान खोज्ने उल्लेख छ । आफ्नो घोषणापत्रलाई नै आधार बनाएर आचार्यले कृषि, स्वास्थ्य र पूर्वाधार, शिक्षा, समतामुलक समाजको विकास, सुशासन, वित्तिय…