काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने अडान कायमै राखेपछि मंगलबार १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर साउन २२ गते सोमबार बस्नेगरी स्थगित गरिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणबारे सरकारको तर्फबाट यथार्थ…