गण्डकी, कात्तिक १३ । गण्डकी प्रदेशमा थप १०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार ४७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दू शर्माले जानकारी दिनुभयो । बाग्लुङको गलकोट नगरपालिका ३ का ७२…