काठमाडौं । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश विपद् कोषमा तत्काल रकम पठाएर विपद् पछिको पुनःस्थापना र पुनःनिर्माणमा तत्काल केन्द्र सरकारले काम गर्नुपर्ने बतउनुभएको छ । मंगलबार धुलिखेलमा सम्पन्न वागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी-२०८२ पछि मन्त्री लामिछानेले यस्तो बताउनुभएको हो । यद्यपि रसुवामा आएको भीषण बाढीका कारण बैठक पूर्णरूपमा सञ्चालन हुन सकेन…