म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ को ज्यामरुककोटमा विकासका पूर्वाधारहरु निर्माण भएपछि पर्यटकहरु आकर्षित हुने अपेक्षा गरिएको छ । ऐतिहासिक, पुरातात्विक, पर्यटकीय, जैविक तथा साँस्कृतिक महत्वले युक्त ज्यामरुककोटमा पदमार्ग, मन्दिर, विद्युत, संचार लगायतका पूर्वाधारहरु निर्माण भएपछि पर्यटक बढ्ने सम्भावना भएको हो । सदरमुकाम बेनीबजारदेखि करिब ४ किलोमिटरको दूरीमा अवस्थित ज्यामरुककोटबाट धवलागिरि, निलगिरि, माछापुच्छ्रे, चुरेन, गुर्जा लगायतका…