ताप्लेजुङ । पाथिभरा मन्दिरकाे दर्शन गर्नका लागि जाने क्रममा झापाको अर्जुनधारा नगरपालिका-५ का लोकप्रसाद पराजुली बेपत्ता भएका छन् । पाथिभरा क्षेत्रमा पर्ने माथिल्लो फेदीमा बास बसेर शुक्रबार बिहान भरिया मार्फत मन्दिरतर्फ जाने क्रममा पराजुलीबीच बाटोदेखि नै बेपत्ता भएका हुन् । भरियालाई पिसाब फेर्न जाने भनेर निस्किएका अन्दाजी ६० वर्षीय पराजुली नफर्किएपछि उनको खोजी कार्य भइरहेको…