Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


वृद्धभत्ताको रकम नदिएको भन्दै आमाको हत्या

कैलाली । कैलालीमा आफ्नो सहोदर छोराले बन्चरो प्रहार गरी आमाको हत्या गरेका छन् । सोमबार राति लम्कीचुहा नगरपालिका–६ का ४० वर्षीया श्रीराम थारुले आफ्नै आमा ७१ वर्षीया लगनीदेवी थरुनीलाई घरमै बन्चरो प्रहार गरेर हत्या गरेको कैलाली प्रहरीले बताएको छ । बन्चरो प्रहारबाट गम्भीर घाइते भएकी लगनीदेवीको उपचारका क्रममा धनगढीको नवजीवन अस्पतालमा मृत्यु भएको हो ।…