Logo १५ आश्विन २०८३, बिहिबार | Fri Oct 2 2026


सेनाकाे हेलिकोप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको निधन

काठमाडाैं । जुम्लाबाट बिहीबार हेलिकोप्टरबाट उद्धार गरिएकी एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । जिल्लाको तिला गाउँपालिका–३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको मृत्यु भएको हो । नेपाली सेनाको हेलिकोप्टरमार्फत नेपालीकाे उद्धार गरिएकाे थियाे। नेपालीको बिहीबार राति उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएकाे छ।