काठमाडाैं । मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रियाविरुद्ध नेपाली कांग्रेससहित ७ राजनीतिक दलका सांसदहरूले मंगलबार विरोध प्रदर्शन शुरु गरेका छन्। कांग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसहितका ७ राजनीतिक दलका सांसदहरूले प्रदेश सभा भवन अगाडि धर्ना दिएका हुन् । ७ राजनीतिक दलहरुले धर्ना प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति प्रक्रियालाई असंवैधानिक ठहराउँदै गरेका…