काठमाडाैं । सशस्त्र प्रहरीले धनुषाबाट ठूलो परिमाणमा अवैध लागूऔषध गाजा बरामद गरेको छ । विदेह नगरपालिका-३ गोबराहीस्थित बाँसघारीमा लुकाइ राखिएको अवस्थामा ८ सय ३५ किलोग्राम गाजा सशस्त्र प्रहरीले बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालयको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण धनुषाबाट प्रहरी निरीक्षक हेमन्त…