काठमाडाैं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले कार्यभार सम्हाल्नुभएको छ। मुख्यमन्त्रीकाे कार्यालयमा मंगलबार पुगेर कार्यभार सम्हाल्दै उहाँले मधेश आन्दोलनका शहीदलाई मधेश रत्नले सम्मानित गर्ने निर्णय गर्नुभएको हो। मुलुकमा संघीयता ल्याउन मधेसका शहीदहरूको अतुलनीय योगदान रहेको मुख्यमन्त्री यादवले बताउनुभयो। शहीदहरुलाई आर्थिक सहयोग दिएपनि सम्मान नदिइएको उहाँको आरोप छ। यहि कार्तिक २३ गते मुख्यमन्त्री नियुक्त हुनुभएका…