काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेका कार्यकर्ताहरूले बारामा ५१ केजी फूलको माला लगाएर स्वागत गरेका छन् । पार्टीको निर्देशन विपरित एमालेका कार्यकर्ताहरूले शनिबार सिमरा विमानस्थलमा ५१ केजीको माला लगाइदिएर पूर्वराष्ट्रपति भण्डारीको स्वागत गरेका हुन् । स्वागतमा कसैलाई नजान एमाले नेतृत्वको कडा निर्देशन दिए पनि स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्यूरो सदस्य पुरुषोत्तम पौडेल र…