कैलाली, भदौ २९ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिनेश सञ्चारगृहमा आक्रमण र पत्रकारमाथि कुटपिट गर्नेहरुलाई कारबाही हुने बताउनुभएको छ । सोमबार नेपाल पत्रकार महासंघ कैलाली शाखाको ध्यानाकर्षणपत्र बुझ्दै उहाँले दिनेश सञ्चारगृह र त्यहाँका पत्रकारमाथि भएको आक्रमणको घटनामा संलग्नलाई कारबाही हुने बताउनुभएको हो । सञ्चारगृहमाथि आक्रमण भएको जानकारी पाउनेबित्तिकै प्रहरी, प्रशासनसँग कुराकानी गरेको बताउँदै उहाँले…