बैतडी, मंसिर १६ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै बैतडीको डिलाशैनी गाउँपालिकामा मंगलबार (आज)देखि ११ दिनका लागि ‘लकडाउन’ गरिएको छ । गाउँपालिकाका थप छजनामा कोरोना पुष्टि भएपछि लकडाउन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहले जानकारी दिनुभयो । उहाँले गाउँपालिकामा अहिले १६ जना सक्रिय संक्रमित रहेका बताउनुभयो । यही मंसिर २६ गतेसम्म हुने लकडाउनको अवधिमा…