Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


कैलाली अपडेट : प्रहरीको गोली लागी घाइते प्याकुरेललाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

बिराज रोस्याराकैलाली । लम्कीमा प्रर्दशनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका युवकलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । गोली लागेर गम्भीर घाइते भएका स्थानीय ३० वर्षीय कृष्ण प्याकुरेललाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिनुभयो । पेटमा गोली लागेका प्याकुरेललाई कोहलपुर मेडिकल कलेजमा उपचार सम्भव नभएपछि काठमाडौँ पठाइएको…