विराज रोस्यारा कैलाली । सुदूरपश्चिम प्रदेशमा योजना आयोग गठनसँगै आयोगले योजना निर्माणका लागि छलफल थालेको छ । तीन वर्षदेखि बिना योजना टुक्रे बजेट बिनियोजन गरेको प्रदेश सरकारले बल्ल योजना आयोग पाएको हो । योजना आयोग नहुँदा आवश्यकताका आधारमा बजेट विनियोजन हुन सकेको थिएन । बिना योजना बजेट विनियोजन गर्दा त्यसको कार्यान्वयन फितलो देखिएको छ ।…