बैतडी । बैतडीको सुर्नया गाउँपालिकाका डम्मर अवस्थीको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ । सुर्नया– ६ कै ३० वर्षीय नवराज अवस्थीलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । नवराजलाई शंका लागेर नियन्त्रणमा लिएको र उनीमाथि थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । गएको मंसिर…