इलाम । इलाम जिल्लाको उत्तरी क्षेत्रमा बिहीबारदेखि भइरहेको हिमपात नरोकिएपछि अत्याधिक जाडो बढेको छ । जाडोका कारण जनजीवन कष्टकर बनेको छ । जिल्लाको जौबारी, मेघ्मा , तुम्लिङ्, सन्दकपुलगायतका क्षेत्र हिउँले सेताम्य बनेको छ । सो क्षेत्रमा भएका गोठमा रहेका वस्तु भाउ चरनमा जान पाएका छैनन् । उच्च पहाडी क्षेत्रमा आलु रोप्ने क्रम सकिएकाले हिउँले कृषि…