काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनभित्र खटपट सुरु भइसकेको दावी गर्नुभएको छ । ललितपुरको बालकुमारीस्थित एक बैंक्वेटमा शनिबारबाट सुरु भएको पार्टी केन्द्रीय कमिटीको पाँचौं बैठक उद्घाटन गर्दै उहाँले उहाँले यस्ताे बताउनुभएकाे हाे । सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रपति निर्वाचनसम्म पनि थेग्न सक्ने अवस्था नरहेको जिकीर समेत उहाँले गर्नुभएकाे हाे…