Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


सिन्धुलीमा हात्तीको आक्रमणबाट एकको मृत्यु

सिन्धुली । सिन्धुलीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको कमलामाई नगरपालिका–१३ का ४५ वर्षीय दण्डपाणि पौडेलको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । शुक्रबार राति जंगली हात्तीले घर भत्काउँदा पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।