काठमाडौं । पोखरा बसपार्क क्षेत्रका सडक छेउमा आइतबारदेखि पार्किङ निषेध गरिएको छ । पोखरा महानगरपालिकाले पृथ्वीचोकेदेखि सेती पुलसम्म सडक छेउमा पार्किङ गर्न निषेध गरेको हो । जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले पृथ्वीचोकको सडक छेउको पार्किङ हटाउने निर्णय गरेको पोखरा महानगरपालिकाले जनाएको छ । बसपार्क राजमार्गसँगै जोडिएकाले सडक छेउमै सवारी साधन पार्किङ गर्दा समस्या भएको…