काठमाडौं, मंसिर २९ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले चुनावका बेला प्रतिबद्धता जनाएका अधिकांश विकास निर्माणका योजनालाई कार्यान्वयनको चरणमा लगिएको बताउनुभएको छ । सडक निर्माण, कालोपत्रेलगायतका कार्यहरु लगभग सम्पन्न हुने अवस्थामा पुगेको मेयर शाक्यले बताउनुभयो । सोमबार काठमाडौं महानगरपालिकाको ‘२६औं महानगर दिवस’को अवसरमा उहाँले महानगरको जिम्मेवारीभित्र रहेका अधिकांश सडक आयोजनाहरुको निर्माण कार्य सम्पन्न गर्ने अवस्थामा…