सिन्धुली । विगत लामो समयदेखि पिउने पानीको अभावमा रहेको सिन्धुलीको मरिण गाउँपालिका कार्तिके पाँचघरेमा स्वच्छ खानेपानी पुगेपछि स्थानीय हर्षित भएका छन् । बर्षौ देखि खानेपानीको अभावमा रहेका स्थानीयका लागि डबल लिफ्ट प्रविधिबाट खानेपानी पुर्याईएको हो । खानेपानी गाउँमा पुगेपछि करिब ६ सय जनसंख्याले उपभोग गर्न पाएका छन् । स्वास्थ्यका लागि पानी नेवा, मरिण गाउपालिका र…