पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ कास्कीद्वारा पोखरामा विजयादशमी, दिपावली, छठ लगायतका पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रेस स्वतन्त्रतालाई अङ्कुश लगाउने कुरामा सरकार जान नसक्ने बताउनुभयो । पूर्ण प्रेस स्वतन्त्रता संविधानमा नै उल्लेख भएको बताउँदै…