पोखरा । गण्डकी प्रदेशमा आज मन्त्रिमण्डल विस्तार हुदैछ । संसदमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेससहित तीन दलले ल्याएको अविश्वासको प्रस्ताव असफल भएपछि वैशाख २९ मा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले मन्त्रिमण्डल विस्तार गर्न लाग्नुभएको हो । कोरोना संक्रमण रहेकै बेला सपथ ग्रहण गरेका मुख्यमन्त्री गुरुङले एकसातासम्म पनि मन्त्रिमण्डल विस्तार नगरेपछि बजेट, नीति…