काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्स भाइरस संक्रमण रोकथामका लागि देशभर १४ जना डाक्टरहरुलाई फोकल पर्सन तोको छ । नेपालमा पहिलोपटक मंकीपक्स भाइरस संक्रमित फेला परेपछि मन्त्रालयले संक्रमण रोकथामका लागि देशभर १४ जना डाक्टरलाई फोकल पर्सन तोकेको हो । मन्त्रालयका अनुसार मंकीपक्सविरुद्ध फोकल पर्सन तोकिएकामा झापाको भद्रपुरस्थित मेची अस्पतालका डा.केशव ढकाल,मोरङस्थित कोशी अस्पतालका डा.सिबी…