काठमाडौं । काठमाडौंको भोटेबहालमा सोमबार बिहान इनारमा डुबेर दुईजनाको मृत्यु भएको छ । प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक केदार रिजालका अनुसार मृत्यु हुनेमा झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बु र सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङ रहेका छन् । रिजालका अनुसार दुबैजना घरमा रङको काम गर्ने रहेका छन् । इनार…