पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आफ्नो काम हेर्न ‘हनिमुन पिरियड’ सम्म पर्खिन आग्रह गर्नुभएको छ । महानगरको बजेट पारित भएपछि सोमबार पत्रकार सम्मेलन गर्दै उहाँले आफ्नो काम हेर्न कम्तिमा एकसय दिन कुर्न आग्रह गर्नुभयो । आफू मेयर भएको चालीस दिनमात्र भएको बताउँदै उहाँले महानगरसँग ठूलो बजेट नहुँदा अहिलेसम्म सम्झनायोग्य काम गर्न नसकेको बताउनुभयो…