पोखरा । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि संघीय सरकारले आवश्यक बजेट निकासा गरिसकेको बताउनुभएको छ । नवौं राष्ट्रिय खेलकुदको सचिवालयको आज पोखरामा उद्घाटन गर्दै मन्त्री गहतराजले प्रतियोगिता सम्पन्न गर्न तीनै तहको सरकारको साझा दायित्व रहेको बताउनुभयो । उहाँले प्रतियोगिताको लागि आवश्यक प्राविधिकहरुको यकिन गरेर करारमा खटाउने तयारी समेत रहेको बताउनुभयो…