काठमाडौं । जिल्ला अदालत काठमाडौंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौले पूर्व प्रमुख आयुक्त बस्न्यातलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई अनुमति दिएको हो ।बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजान भू–माफियासँग मिलेर सरकारी लिखत किर्ते गरेको आरोप बस्न्यातमाथि छ…