काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरपालिकाको गाडी रोकिएको भन्दै केन्द्र सरकारप्रति आक्रोश पोख्नुभएको छ । शनिबार राती सामाजिक सञ्जालमा लेख्दै मेयर साहले अबका दिनमा महानगरपालिकाका गाडी रोकिए सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिनुएको छ । सरकालाई ‘चोर’ को संज्ञा दिँदै उहाँले आजबाट पनि महानगरपालिकाका गाडी रोकिए सिंहदरबारमा आगो लाईदिने भन्दै सरकारलाई याद राख्न भन्नुभएको…