काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौंमा आउनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार अवतरण गर्नुभएका मेयर साम्पाङलाई स्वागत गर्न समर्थकको भीड लागेको हो। उहाँलाई समर्थकहरूले विमानस्थल गेटबाटै र्यालीसहित स्वागत गरेका थिए । यसअघि पनि उहाँ काठमाडौं आउँदा समर्थकहरूको बाक्लो संख्यामा उपस्थित हुने गरेको थियो ।