काठमाडौं । संसदीय सुनुवाई समितिमा विभिन्न मुलुकका लागि प्रश्तावित राजदुतहरुबारे परेको उजुरीमाथि छलफल नहुने भएको छ । समितिको मंगलवार सिंहदरबारमा बसेको बैठकले विभिन्न ६ मुलुकका लागि प्रस्तावित राजदुतहरुबारे परेको उजुरीमाथि छलफल नगर्ने निर्णय गरेको हो । उजुरी छलफल गर्ननै लायक नभएकाले त्यसमाथि छलफल नगरी संसदीय सुनुवाई प्रक्रिया अघि बढाउने विषयमा बैठकमा आम सहमति भएको समितिका…