वीरगन्ज, कात्तिक ९ । वीरगन्ज महानगरपालिकाको फोहरबाट मोहर बनाउने महत्वाकांक्षी योजना सफल हुने भएको छ । वीरगन्जमा निर्माण भइरहेको फोहर व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि योजना सफल हुने भएको हो । पटक-पटक समय थपिँदै गएपनि एसियाली विकास बैंकको आर्थिक सहयोगमा वीरगन्ज महानगरपालिकामा निर्माण भएको फोहर व्यवस्थापन केन्द्रको निर्माणकार्य पूरा भएको छ । वर्षौंदेखि फोहर व्यवस्थापनको समस्या…