बैतडी । स्काभेटर दुर्घटना हुँदा बैतडीमा चालकको मृत्यु भएको छ । पाटन—पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–३ ठूलाखोलामा स्काभेटर दुर्घटना चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा कैलाली निगालीका २५ वर्षीय चालक हेमन्त धामी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिनुभयो । क्रसर मेसिनमा ढुङ्गा अनलोड गर्ने…