Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


भागरथी र सम्झनाको परिवारलाई सुदूरपश्चिम सरकारले पाँच–पाँच लाख रुपैयाँ दिने

कैलाली । बैतडीमा बलात्कारपछि हत्या भएकी किशोरी भागरथी भट्ट र बझाङकी सम्झना काकीको परिवारलाई सुदूरपश्चिम सरकारले पाँच–पाँच लाख रुपैयाँ दिने भएको छ । बुधबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले पीडित परिवारलाई सहयोगस्वरूप पाँच–पाँच लाख रुपैयाँ दिने निर्णय गरेको प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीका स्वकीय सचिव सुधिर भट्टले जानकारी दिनुभयो । भागरथीको विद्यालयबाट घर…