बझाङ । सुदूरपश्चिम प्रदेशमा भुवा पर्वको रौनक छाएको छ । भुवा पर्वकाे अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले गत शुक्रबार सार्वजनिक बिदा समेत दिएको थियो । हरेक वर्ष पुस महिनामा यहाँ भुवा पर्व मनाइने गरिन्छ । भुवा खेला सुदूरपश्चिममा सात दिन भन्दा बढी समयसम्म खेल्ने गरिन्छ । युद्धकालीन अभ्यास संस्कृतिका रूपमा तामझामका साथ यो पर्व मनाइने गरिन्छ…