काठमाडौं । दाङको लमही नगरपालिका–६ बलरामपुरमा आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । लमहीबाट गढवातर्फ जाँदै गरेको रा ५ प ५७१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा तुलसीपुर उपमहानगरपालिका–१२ का २५ वर्षीय अरुण देवकोटाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । गम्भीर घाइते भएका…