सिन्धुली । सिन्धुलीकाे कमला नदीमा सडक पुल निर्माण भएसँगै कमलाखोंच क्षेत्रका स्थानीय बासीन्दाको सामाजिक र आर्थिक जीवनमा आमूल परिवर्तन आएको छ । विगतमा यहाँका स्थानीय बासीन्दा सडक पुलहरुको अभावमा कष्टकर जीवन बिताएका थिए । तर अहिले भने कमलाखोंच क्षेत्रमा रहेकाे कमलानदीमा आधा दर्जनको संख्यामा सडकपुलहरु निर्माण भएपछि त्यस क्षेत्रको सामाजिक र आर्थिक क्षेत्रमा रुपान्तरण आएको…