सिन्धुली । सिन्धुलीमा खानेपानीका मुहान तथा भौतिक संरचनाहरुको सर्वपक्षीय उपभोक्ताहरुले अनुगमन गरेका छन्। शुद्ध पिउने पानीलाई व्यवस्थित गर्ने उदेश्यले सिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाले गडौली (ठूलीटार) मा बन्दै गरेको आयोजना,मिलनचोकमा बन्दै गरेकाे आयोजना, कात्तिकेमा रहेको नयाँ आयोजना तथा पुराना आयोजना, हिरापानीमा निर्माण गरिएको आयोजना र भद्रकालीको फेदीमा रहेको पानीको मुहान समेतको सर्वपक्षीय अनुगमन गरेकाे हो ।…